
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेणु दाहाल दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ।
नेकपा एमाले–राप्रपा गठबन्धनका मेयरका उम्मेदवार एमाले नेता विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पराजित गर्दै रेणु दाहाल मेयरमा विजयी हुनुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे। त्यस्तै, मेयरका स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्त गर्नुभएकाे छ।
साेही महानगरपालिकाकाे उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुनभएको छ। नेकपा एमाले–राप्रपाबाट उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी रहेकाे छ।
प्रतिक्रिया दिनुहोस्