
एजेन्सी । बलीउड गायक एवं कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले आफ्नी छोरी तीन महिना पूरा भएपछि पहिलो तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
आदित्य र उनको श्रीमती श्वेता अग्रवालले ३ महिना अगाडी २४ फेब्रुअरी २०२२ मा छोरीलाई जन्म दिएका थिए । जन्मेदेखि नै उनीहरुले छोरीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिएनन् । ३ महिना पूरा भएपछि मात्रै आदित्यले आफ्नो छोरीको अनुहार सँगै नाम पनि सार्वजनिक गरेका छन् । आदितयले छोरीको नाम त्विषा नारायण झा राखेका छन्, त्विषाको अर्थ प्रकाश वा चमक हो ।
भारतीय सञ्चार माध्यमका अनुसार आदित्यले आफ्नी छोरीसँग फोटोसुट गराएका छन् । अहिले ति तस्वीरहरूले निकै चर्चा पाइरहेका छन् । आदित्यकी छोरीलाई उनका प्रशंसक र अन्य कलाकारहरूले तस्वीरमा प्रतिक्रिया दिँदै मायाको बर्षा गराएका छन् ।
आदित्य लोकप्रिय गायक उदित नारायण झा र दिपा झा का छोरा हुन् । आदित्य र श्वेताको विवाह सन् २०२० मा भएको थियो । आदित्यको पुख्र्यौली घर नेपालको सप्तरी जिल्लामा रहेको छ । अहिले भने उनी भारतको मुम्वइमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्