
बर्दिया । बर्दियामा बाघ अनुगमन गर्न राखिएको क्यामेराकाे उद्घाटन गरिएकाे छ ।
बर्दियाको मधुवन नगरपालिका अन्तर्गत रहेको खाता जैविक मार्गमा पाटे बाघको संख्या र आहारा प्रजाती संख्या पत्ता लगाउन राखिएको क्यामेरा मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाट र उपमेयरले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हाे।
तराई भु–परिधी कार्यक्रम कोहलपुर बाँकेको आर्थिक सहयोगमा बाघ अनुगमन भइरहेकाे छ। साे अनुगमन ४५ दिनसम्म चलिरहने छ। बर्दियाको राजापुर नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बार्हबर्दिया नगरपालिका र मध्यवर्ती क्षेत्रमा समेत अनुगमन गरिने कार्यक्रम तय भएकाे छ ।

४२ बटा ग्रीडमा ४२ जोडा स्वचालित क्यमेरा राखेर अनुगमन गरिने तयारी गरिएकाे छ। अनुगमन कार्यमा ८ जना स्थानीय नागरिक, वैज्ञानिक र २ जना डिभिजन वन कार्यालय बर्दियाका कर्मचारीसहित १० जना खटिएका छ्न्। मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटले भन्नुभयो, हामीलाई सबै चाहिन्छ। वन वन्यजन्तु र मानव सबै जना आ–आफ्नो ठाउँमा सुरक्षित रहनुपर्छ ।
बन्यजन्तुको पनि बाँच्ने अधिकार हुन्छ र संरक्षण भन्ने कुरा आफ्नो मनबाट आफै जगाउनु पर्ने मेयर तेज बहादुर भाटले बताउनुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्