१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


4.42k
Shares

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका छात्रालाई दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ परेका छन् ।

बालयौन दूराचारको आरोपमा काठमाडौं चावहिलको गौरीनगरमा सेन्ट लरेन्स कलेजका शिक्षकद्वय जनार्दन अधिकारी र राजनकुमार पौडेलाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो ।

उनीहरूविरुद्ध तीन विद्यार्थीले किटानी जाहेरी दिएका थिए । विगत १ महिनादेखि यौन दुर्व्यवहार गरेको विषय कलेज प्रशासनलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको भन्दै विद्यार्थीले प्रहरी वृत्तअघि प्रदर्शन गरेका छन् ।

विद्यार्थीको जाहेरीका आधारमा शिक्षकहरू अधिकारी र पौडेललाई पक्राउ गरिएको गौशाला वृत्तका डीएसपी केशव भट्टराईले जानकारी दिनुभयो ।