
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर चर्चामा आउनु भएका बालेन (बालेन्द्र) साहको समर्थनमा लौरी टेकौंला गीत सार्वजनिक भएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको काठमाडौं महानगरको जारी मतगणनामा बालेनको अग्रता कायमै छ । बालेनले मतगणनमा सुरुवातीदेखि नै अग्रता लिनुभएको थियो । उहाँले लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।
सोमबार मध्याह्नसम्मको मतगणनामा बालेनले ५० हजार भन्दा बढी मत प्राप्त गरेर अग्रता लिइरहनु भएको छ । मतगणना स्थल काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह अघिल्तिर बालेनको समर्थनमा उहाँका सर्मर्थकहरुले नारावाजी गरिररहेका छन् ।
यस्तैमा साहको समर्थनमा ‘लौरी टेकौँला’ भन्ने गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उमेश राउतको शब्द तथा लेखु सहयात्रीको संगीत छ । लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यको स्वर रहेको गीतमा विसम आचार्यकै संगीत संयोजन छ ।
रोमान्टिक थिममा डान्सिङ शैलीमा तयार पारिएको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको भनिएको छ । बा आमालाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने भन्दै बालेको चुनाव चिन्ह लौरो अबको सबैको भर नै हो समेत भनिएको छ ।
गीतको भिडियो समेत बनेको छ । जसमा बालेनका चुनावी गतिविधि समेटेर तयार पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्