
बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुले तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ ।
साेही नगरपालिकाकाे मेयरमा निर्वाचित भएसँगै शिक्षा क्षेत्रको विकासका निम्ति उहाँ खरो रुपमा उत्रिनुभएकाे हाे । मेयर थारुले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन कार्य समेत अवरुद्ध हुने बताउनुभएकाे छ। यस्ता आचरण बिरोधी काम तत्काल रोक्न ७ दिनभित्र राजीनामा दिए नदिएको जानकारी पठाउन समेत नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई उहाँले निर्देशन दिनुभएको छ।
पदभार ग्रहण गरेसँगै मेयर थारुले द्वन्द्व प्रभावित व्यक्तिका परिवारका युवाहरुलाई रोजगारीको ब्यवस्था गर्ने समेत बताउनुभएकाे छ । साथै जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने पनि उहाँकाे तर्क छ । त्यस्तै, किसान र आम नागरिकको गुनासो सुन्न कलसेन्टरको समेत ब्यवस्था गर्ने उहाँकाे दावी छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारुले १५-१५ दिनमा जनगुनासो सुन्ने प्रतिबद्धता जाहेर समेत गर्नुभयाे।
प्रतिक्रिया दिनुहोस्