१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’


143
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी जनसचेतना कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले जनचेतना कार्यक्रम अन्तर्गत सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ आयोजना गरेको छ । नेपाल लाइफले बीमाबारे जनचेतना जगाउँन प्यूठानको जुम्री बजारचोकबाट सडक नाटक कार्यक्रम सुरु गरेको हो ।

गत सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ । सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनीय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको कम्पनीको भनाई छ ।