
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताको रहेको जिकीर गर्नुभएको छ ।
बुधबार भरतपुरको लंकूमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचित नभए पनि पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली भएको बताउनुभयो ।
भरतपुरको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल ५२ हजार २८ मत ल्याएर निर्वचित हुँदा पौडेलले १४ हजार ७२८ मत ल्याउँदै तेस्रो हुनुभयो । आफूलाई आएको १०/१२ हजार मत बदर भएको जानकारी दिँदै ती मत प्राविधिक रूपमा गणना नभए पनि समर्थन भएको उहाँको भनाइ छ ।
आफूलाई प्राप्त मत चितवनको राजनीतिलाई निर्णायक मोड दिन पर्याप्त भएको पनि पौडेलको भनाइ थियो । पार्टीले कारबाही गरेको भने पनि त्यो तर्साउनका लागि मात्रै भएको भन्दै नेता पौडेलले आफूहरुले कुनै कसूर नगरेको र पार्टी विधान उल्लंघन पनि नगरेको जिकीर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्