
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितमाथि यौन दुराचारको आरोप लगाएकी रश्मिला प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको छ ।
काठमाडौं महानगरको प्रमुखमा स्थापितको हार पक्का भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले काठमाडौंका मतदातालाई धन्यवाद दिनुभएको हो । काठमाडौं निकै सचेत भएको बताउँदै उहाँले यसले आफूमाथि हस्तक्षेप भएको नसहने बताउनुभयो ।
स्थापितको हारलाई उहाँले काठमाडौंको मतदाताको विवेक र दुर्व्यवहारविरुद्धको दरिलो आन्दोलनको रुपमा लिनुभएको छ । २५ वर्षपछि काठमाडौं महानगरपालिका परिवर्तनउन्मुख भएको बताउँदै उहाँले मेयरमा विजयीउन्मुख स्वतन्त्र उम्मेदवार बालेन साहलाई बधाई दिनुभएको छ ।
२५ वर्षअघि मेयर हुँदा केशव स्थापितले आफूलाई यौन दुराचार गरेको र यौनसम्बन्धको प्रस्ताव नमान्दा जागिरबाट निकालेको आरोप लगाउँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्