१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय निर्वाचन अपडेट : ६ वटा पालिकाको मतपरिणाम आउन बाँकी


910
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७४७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

अब ६ वटा पालिकाको मात्रै मतपरिणाम आउन बाँकी छ । सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसले ३२५ पालिका जितेको छ भने नेकपा एमाले २०३ पालिकामा खुम्चिएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्र १२१, जनता समाजवादी पार्टी ३०, एकीकृत समाजवादी २० तथा लोकतान्त्रिक समाजवादी पार्टीेले १६ ठाउँको प्रमख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४–४ ठाउँमा जितेका छन् ।

सिके राउतको जनमत पार्टीले दुई पालिका प्रमुख जित्दा नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशिल पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टीले एक एक वटा स्थानीय तह जितेका छन् ।

धरान, धनगढी, जनकपुर लगायतका १२ वटा स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । अहिले मतगणना जारी रहेका ७ पालिका मध्ये कांग्रेस ३ , एमाले २, स्वतन्त्र १ तथा एकीकृत समाजवादी १ ठाउँमा अगाडि छन् ।