
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको कुनै हात नरहेको प्रष्टिकरण दिनुभएको छ ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सरकार पेट्रोलियम पदार्थ विस्थापन गर्ने दिशामा अघि बढेको बताउनुभयो ।
अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारका कारणले नभइ अन्तर्राष्ट्रिय बजारका कारणले भएको मन्त्री कार्कीले बताउनुभयो ।
नेपालमा ऊर्जाको उत्पादन बढिरहेको बताउँदै उहाँले विद्युतीय सवारी र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुको विकल्प नभएको जिकिर गर्नुभयो ।
ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर पेट्रोल गाडी र भान्सामा प्रयोग हुने ग्यास विस्थापन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको मन्त्री कार्कीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्