
काठमाडौं । एसियन कपको तयारीमा रहेको नेपाली फुटबल टिमले कतारमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
यसअघि अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने योजना भएपछि त्यो रद्द हुँदा अब नेपालले कतारमा टिमोर लिच्टे र ओमानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ ।
कतार फुटबल संघका अनुसार नेपालले पहिलो खेल मे २८मा टिमोर लिच्टेसँग खेल्ने छ भने जुन तीन तारिखमा ओमानसँग खेल्नेछ ।
नेपाल र टिमोर लिच्टेको खेल कतारको समय अनुसार साँझ सात बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ भने ओमानसँगको खेल सुहिम बीन हामद स्टेडियममा हुनेछ । यो खेल साँझ नौ बजेबाट नै सुरु हुनेछ ।
घरेलु मैदानमा करिव डेढ महिनाको प्रशिक्षणपछि नेपाली टिम थप प्रशिक्षणका लागि कतार जान लागेको हो । एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसिया जस्ता बलिया टिमसँग खेल्नेछ ।
जुन आठ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल जोर्डनसँग जुन ८ मा खेल्नेछ भने दोस्रो खेल जुन ११ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।
तेस्रो चरणको छनोटका शिर्ष टिम र पाँच समुहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ ।
प्रतिक्रिया दिनुहोस्