
सुनसरी । सुनसरीको धरानमा एक युवकको हत्या भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–५ तल्लो देउराली नजिकै सेउती खोलाको बगरमा एक पुरुषको बीभत्स हत्या गरिएको शव प्रहरीले फेला पारेको छ ।
शरीरभरि गहिरो चोट्पटक लागेर हत्या गरिएको अन्दाजी ३५ वर्षको पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताउनुभयो ।
हत्या गरिएका पुरुषको पहिचान हालसम्म खुलेको छैन् ।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ ।
मृतकको शव पोस्ट्मार्टमको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्