
एजेन्सी । अफ्रिकी मुलुक सेनेगलको एक अस्पतालमा भएको आगलागीमा ११ नवजात शिशुको जलेर मृत्यु भएको छ ।
सेनेगलको तीभाउवने शहरमा रहेको दवाख अस्पतालमा भएको आगलागीमा उनीहरूको मृत्यु भएको हो ।
भर्खरै सञ्चालनमा ल्याइएको अस्पतालमा विद्युत् सर्ट भई आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।
यसैबीच सेनेगलका राष्ट्रपति म्याकी सलले घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
घटना लगत्तै ट्वीट गर्दै उहाँले देशकै इतिहासमा भएको यो दर्दनाक घटनाले मर्माहत तुल्याएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्