१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौं महानगरको मत गणना सकियो, कुन वडामा कुन पार्टीले जित्यो ?


8.567k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वटै वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसले १९ वटा वडा जितेको छ भने नेकपा एमालेले १२ वटा वडा जितेको छ । यस्तै एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले एउटा मात्रै वडा जितेको छ ।

निर्वाचन आयोगका अनुसार वडा नम्बर १ मा एमालेका भरत लाल श्रेष्ठ, वडा नम्बर २ मा एमालेका राजेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ३ मा एमालेका प्रेम थापा, वडा नम्बर ४ मा एमालेका दिनेश महर्जन र वडा नम्बर ५ मा एमालेका वीरेन्द्र प्रजापती विजयी भएका छन् ।

वडा नम्बर ६ मा कांग्रेसका भुवन लामा, वडा नम्बर ७ मा कांग्रेसका बिमल कुमार होडा, वडा नम्बर ८ मा कांग्रेसका आशामान संगत, वडा नम्बर ९ मा कांग्रसका रामजि भण्डारी, वडा नम्बर १० मा कांग्रेसका राम कुमार के.सी, वडा नम्बर ११ मा कांग्रेसका हिरा लाल तण्डुकार र वडा नम्बर १२ मा कांग्रेसका बाल कृष्ण महर्जन निर्वाचित भएका छन् ।

यसैगरी, वडा नम्बर १३ मा एमालेका ध्रुव नारायण मानन्धर, वडा नम्बर १४ मा कांग्रेसका सुमन श्रेष्ठ, वडा नम्बर १५ मा एकीकृत समाजवादीका ईश्वर मान डंगोल, वडा नम्बर १६ मा कांग्रेसका मुकुन्द रिजाल, वडा नम्बर १७ मा कांग्रेसका नविन मानन्धर, वडा नम्बर १८ मा एमालेका न्हुछेकाजी महर्जन, वडा नम्बर १९ मा कांग्रेसका राजेश कुमार श्रेष्ठ र वडा नम्बर २० मा पनि कांग्रेसका राजेन्द्र मानन्धर विजयी हुनु भएको छ ।

यस्तै, वडा नम्बर २१ मा एमालेका उदय चुडामणि बज्राचार्य, वडा नम्बर २२ मा एमालेका चिनीकाजी महर्जन, वडा नम्बर २३ मा एमालेका मचा राजा महर्जन निर्वाचित हुनु भएको छ । त्यस्तै वडा नम्बर २४ मा कांग्रेसका बिनोद कुमार राजभण्डारी, वडा नम्बर २५ मा कांग्रेसका राजेश डंगोल, वडा नम्बर २६ मा कांग्रेसका ख्यामराज तिवारी, वडा नम्बर २७ मा कांग्रेसका योगेश कुमार खड्गी, वडा नम्बर २८ मा कांग्रेसका भाइराम खड्गी प्रकाश, वडा नम्बर २९ मा कांग्रेसका कुश ढकाल, वडा नम्बर ३० मा कांग्रेसका दल बहादुर कार्की, वडा नम्बर ३१ मा एमालेका सरोज ढकाल र वडा नम्बर ३२ मा पनि एकालेकै नवराज पराजुली निर्वाचित हुनु भएको छ ।

कांग्रेसले वडाअध्यक्षसँगै बहुमत वडा सदस्य पनि जितेको छ ।