
काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया दिनुभयो ।
आफूले निर्वाचनको बेला काठमाडौं महानगरलाई स्वच्छ, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरी बनाउने भनेको अभियान आजैबाट सुरु भएको बताउँदै उहाँले त्यसमा साथ दिन सबै मतदाताहरुलाई आह्वान गर्नु भयो ।
उपमेयर डंगोलले एक÷अर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने बताउनुभयो । उहाँले आफूहरुबाट गल्ती हुन नदिन नगरबासीहरुले खवरदारी गरिरहने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्