
फाइल तस्बिर
काठमाडौं । बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद सचिवालयमा शुक्रबार संकल्प प्रस्ताव दर्ता गराउनुभएको हो । उक्त प्रस्तावमा ८ सांसदले समर्थन गरेका छन् ।
समर्थकहरूमा एमाले सांसद विमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह , शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा छन् ।
समाजमा बालबालिकाविरूद्ध यौन हिंसाका घटनाहरू बढिरहेको र बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेकाले हदम्यादसम्बन्धी व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरूरी देखिएको प्रस्तावमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्