१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

नीति तथा कार्यक्रम पारित गरिने

143
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि शनिबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

सरकारको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट पारित हुँदैछ । राष्ट्रिय सभाले भने छलफल सकेर शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।

नीति कार्यक्रम पारित भएपछि आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन् ।