
काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको हमलामा सही निर्णय गर्न नसकेकामा सुरक्षा अधिकारीले त्रुटी स्वीकारेका छन् ।
टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा भएको आक्रमण रोक्न प्रहरी चुकेको घटनाको अनुसन्धानमा संलग्न एक उच्च सुरक्षा अधिकारीले स्वीकार गरेका हुन् । बालबालिकाले तारन्तार गुहार मागेर घटनास्थल पुगेका प्रहरी ४० मिनेटसम्म साँचो कुरेर बसेको पाइएको छ । विद्यालयको कक्षा कोठामा पसेर आक्रमणकारीले अन्धाधुन्ध बालबालिका माथि गोली प्रहार गर्दा प्रहरीले समयमा कदम चाल्न नसकेको स्वीकार गर्दै सुरक्षा अधिकारी स्टीभन म्याक्रले माफी समेत मागेका छन्।
उक्त घटनामा १९ बालबालिका सहित २१ जनाको ज्यान गएको थियो । बालबालिकाहरुले प्रहरीलाई थुप्रै पटक फोन गरी गुहार मागेका थिए । तर विद्यालयमा पुगेर पनि प्रहरी आक्रमण भैरहको कोठामा छिर्न ४० मिनेट लागेको थियो । घटनास्थलमा पुगेका प्रहरी चौकीदारले साँचो ल्याउन्जेल कुरेर बसेका थिए । प्रहरीले समयमा भित्र छिर्ने निर्णय गर्न नसक्दा यति ठूलो दुर्घटना भएको म्याक्रले बताएका छन् ।
आक्रणकारीले आक्रण थालेको विषयमा प्रहरीले अनुमानै गर्न नसकेको जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्