
म्याग्दी । म्याग्दीका युवाहरु परम्परागत भेडापालनमा आकर्षित भएका छन् ।
विदेश गएर फर्किएका युवाहरु स्वदेशमै केही गर्ने भन्दै भेडा पालनमा लागेका हुन् । धाैलागिरी गाउँपालिका मल्काबाङका देवान छन्त्यालसहितका युवाहरु अहिले भेडापालनमा लागेका छन् । उनीहरुले धाैलागिरी हिमालको काखमा ६ सय बढी भेडापालन गर्दै आएका छन् । यहाँका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालनगरि भेडापालन गर्दै आउनुभएका छन्त्याल ६ सय बढी भेडाका बथान लिएर मुदी, बगर, नाउरा,चेचुङ र खिबाङ हुँदै धवलागिरी हिमालको बेसक्याम्पतिर लाग्नुभएको छ ।
वैदेशिक रोजगारी त्यागेर फर्किनुभएका उहाँले भेडापालन गरेर आम्दानी लिन सकिने भन्दै अन्य युवाहरुलाई पनि भेडापालनमा लाग्न सुझाव दिनुभएको छ । उहाँले भेडापालनलाई व्यवसायिक रुपमा अगाडि बढाउन आवश्यक रहेको समेत बताउनुभएकाे छ । उहाँले ५० लाख रुपैयाँ लगानी गरेर भेडापालन सुरु गर्नुभएकाे हाे । यस क्षेत्रमा अहिले ८ वटा भेडीगोठ रहेका छन् । धाैलागिरीको मुदी र गुर्जामा समेत व्यावसायिक भेडापालन हुँदै आएको छ ।
बेसिदेखि धाैलागिरी हिमालका आधार शिविरसम्म भेडीगोठ सारिरहने प्रचलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्