११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


निर्वाचनमा जनताले संविधान मिच्‍न खोज्‍नेलाई गतिलो जवाफ दिए: प्रचण्ड


728
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान मिच्‍न खोज्नेलाई स्थानीय तहको निर्वाचनमा जनताले गतिलो जवाफ दिएको बताउनुभएको छ ।

आज (शनिबार) प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि संसदमा छलफलको क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सबै तत्वलाई संविधानलाई मिच्न चाहने, संविधान उल्ट्याउन खोज्नेलाई जनताले राम्रो जवाफ दिएको उहाँले बताउनुभएकाे छ। उहाँले दुर्घटनामा जान लागेको संविधान र गणतन्त्रलाई ट्रयाकमा ल्याउन नेपाली समाज एकताबद्ध भएको समेत बताउनुभएकाे छ । ७० वर्ष लामो संघर्षको उपलब्धि दीर्घकालीन ढंगबाट जाने समेत उहाँले बताउनुभयाे ।

संविधान कार्यान्वयनमा जनताले साथ दिएको पनि उहाँले बताउनुभएकाे छ। संघ र प्रदेशको निर्वाचनतर्फ अगाडि बढेको बताउदै उहाँले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रक्रियामा संविधानलाई ट्रयाकमा राखेर गतिशील बनाउने कोशेढुंगा भएको बताउनुभयो ।

स्थानीय निर्वाचनले बलियो सन्देश दिएको समेत उहाँले बताउनुभएको छ ।