
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।
एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज)ले आज (शनिबार) आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले नीति
कार्यान्वयनमा आएको एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताउनुभएको छ । उहाँले आगामी आर्थिक वर्षको बजेटले कृषि, उत्पादनका साथै र निर्यातको क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम आउने दावी गर्नुभयो । उहाँले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताउनुभएकाे छ ।
मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स–साना गोदामहरु बनाउनका लागि बजेट छुट्याउने बताउनुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्