
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको ध्रुवीकरण र विभिन्न ठाउँका युद्धहरूले निम्त्याएको समस्या सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न नसक्ने उहाँको भनाइ थियो । महँगीको मारमा जनता परेको र त्यसले झन् समस्या पार्ने हो कि भन्ने प्रचण्डको शंका थियो ।
प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बनेको भन्दै उहाँले दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्