२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक


351
Shares

स्याङ्जा । जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित गर्ने दुवै चुनौती रहेको बताउनुभएको छ ।

अध्यक्षपौडेलको नाममा गाउँपालिकाको वडा नम्बर ३ मा फरक–फरक कित्तामा झण्डै ११ रोपनी जग्गा र ढुङ्गाको छानो भएको एक कच्ची घर र गोठ छ । सार्वजनिक गरेको विवरणमा एक थान मोटरसाइकल र बैंक तथा सहकारीमा गरी नगद ४६ हजार ५ सय ५० रुपैयाँ नगद छ ।

जिल्लामा सञ्चालित माछापुच्छ्रे पोल्ट्री लाइभ स्टोकमा १२ हजार ५ सय र विभिन्न बैंक तथा सहकारीमा ३ हजार ५ सय कित्ता शेयर रहेको छ । श्रीमती संगिता शर्मा पोख्रेलका नाममा करिब साँढे ४ तोला सुन तथा पुतलीबजार नगरपालिका १ मा दुई तले पक्की घर रहेको सार्वजनिक विवरणमा उल्लेख छ ।