१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननको समय दुई वर्ष थप


2.366k
Shares

काठमाडौं । दैलेखमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन कार्र्यका लागि दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।

चिनियाँ टोली नेपाल आउन तयार रहेको उहाँले जानकारी दिनुभयो । सदियाँैदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रअरी २८ मा सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।