१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ढुंगा लागेर बैतडीमा महिलाको मृत्यु


234
Shares

बैतडी । ढुंगा लागेर जिल्लामा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ सिराड बस्ने २८ वर्षीया मैना धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

सिराडमा रहेको घरबाट वडा नम्बर ३ मा रहेको अर्को घर धान बोकेर गइरहेका बेला माथिबाट खसेको ढुंगा लागेर मैनाको घटनास्थलमै मृत्यु भएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगा खसेको प्रहरीले जनाएको छ ।

मैनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।