२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल एक चीन नीतिप्रति दृढ छ : प्रधानमन्त्री देउवा


182
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनुभएको छ ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन सरकार सचेत रहेको बताउनुभयो ।

‘नेपाल एक चीन नीतिप्रति दृढ छ,’ उहाँले भन्नुभयो, ‘छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ ।’

विगतमा पनि प्रधानमन्त्री हुँदा चीनविरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको देउवाले दाबी गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमत्तापूर्ण निर्णय लिने बताउनुभयो ।