१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ भोलि हुने


195
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले भोलि (सोमबार) पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

सोमबार बिहान ११ बजेपछि काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाले जनाएकाे छ। त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ गराउनुहुनेछ ।

शपथ ग्रहणलगतै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम तय भएकाे छ ।