१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङमा मिनि ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु


156
Shares

काठमाडौं । दाङको राप्ती गाँउपालिका ४ श्रीनारायण चोकमा सोमबार बिहान मिनि ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

अस्थाई नम्बर प्लेटको मिनि ट्रकले ठक्कर दिँदा स्थानीय ५२ वर्षीय बलु गिरीको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा संलग्न ट्रक चालकलाई इलाका प्रहरी कार्यालय भालुवाङ दाङले नियन्त्रणमा लिएको छ ।