
काठमाडौं । बाँकेस्थित नेपाल–भारत जमुनाहा नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
नाकाबाट ठूलो परिमाणमा लागुऔषध र साना हातहतियार भित्रने गरेको आशंकामा नाकामा कडाई गरिएको हो ।
नाकामा चेकजाँच कडाई गरिनुका साथै आवागमन गर्ने सर्वसाधारणलाई चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
त्यस्तै, घरायसी सामान किनमेल गर्ने नाममा सीमापारि जानेहरुले तस्करी गर्ने गरेको पाइएकोले पनि नियन्त्रण सुरु गरिएको हो ।
सीमापारिको रुपैडिहा बजारमा लागूऔषध सहजै रुपमा पाउने भएकोले दैनिक ठूलो संख्यामा युवाहरु रुपैडिहा पुग्ने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्