२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषिको बजेट ३२ प्रतिशतले बढ्नु क्रान्तिकारी छलाङ : वर्षमान पुन


273
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा पक्रेको बताउनुभयो ।

पुनले कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी छलाङ भएको बताउनुभयो । कृषिको आधुनिकिकरण, वैज्ञानिकिकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उहाँको भनाइ छ ।

सांसद पुनले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यावसायिकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बताउनुभयो ।