
काठमाडौं । चाबहिलस्थित केएल टावरमा रहेको एफक्युब सिनेमाजले ‘कबड्डी ४’ फिल्मको प्रदर्शन रोकेको छ ।
नायिका मिरुना मगरले निर्दोष मानिसमाथि हात उठाएको विरोधमा केएल टावरबाहिर प्रदर्शन भएपछि एफक्युब सिनेमाजले फिल्मको प्रदर्शन रोकेको हो ।
मंगलबार १० बजेपछि एफक्युब अगाडि दर्शकहरुले नायिका मिरुना मगरले माफी माग्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले चलचित्रको पोस्टरसमेत जलाएका छन् ।
एफक्युबका व्यवस्थापक रामहरि कोइरालाले स्थिति सामान्य नभएसम्म कबड्डी ४ प्रदर्शन नगर्ने बताए ।
कबड्डी ४ फिल्मको प्रचारमा जाँदा अभिनेत्री मगरमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो ।
आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन् ।
प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । प्रदर्शनकारीहरुले भिक्षुलाई निःशर्त रिहा गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्