१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तारा एयर विमान दुर्घटनाका सबै शव काठमाडौं ल्याइयो, ब्ल्याक बक्स पनि भेटियो


494
Shares

काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबैको शव काठमाडौं ल्याइएको छ ।

दुर्घटनामा निधन भएका २२ जना मध्ये एक जनाको शव फेला नपरेकोमा सुरक्षाकर्मीको टोलीले मंगलबार विहान शव फेला पारेका थिए । दुर्घटनास्थल मुस्ताङको थासाङ–२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।

सेनाले हिजो १० वटा शव काठमाडौं ल्याएको थियो । बाँकी शव आज ल्याएको हो । हिजो काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बाँकी शवहरू पनि ल्याएर पोस्टमार्टम गरी आजै परिवारजनलाई बुझाइनेछ ।

यसैबीच, दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पनि फेला परेको छ । दुर्घटनास्थलमा उद्धारका लागि गएको नेपाल पर्वतारोहण पथप्रदर्शक संघको टोलीले विमानको ब्ल्याक बक्स फेला पारेको हो ।

ब्ल्याक बक्समा विमान चालकले गरेका कुरा रेकर्ड रहने भएकाले त्यसबाट दूर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने गर्दछ ।