
अर्घाखाँची । पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले अर्घाखाँचीमा ‘पर्यटन र विकास’ नामक पुस्तक विमोचन गरिएको छ ।
जिल्लाका ६ वटै पालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रलाई समेटेर तयार पारिएको पुस्तकको अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख पिताम्बर शर्माले विमोचन गर्नुभयो ।
पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
हालसम्म जिल्लाको मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरमा हजारौं पर्यटक आउने गरेका छन् भने अन्य क्षेत्रमा खासै पर्यटक देखिँदैनन् ।
आम्दानीको श्रोत प्राप्त गर्न हरेक पालिकालाई यस्ता गतिविधि गर्नुपर्ने शर्माको भनाइ छ ।
पुस्तकको लेखन तथा प्रकाशन पत्रकार वीरेन्द्र केसीले गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्