२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बाजुराको मतदानमा महान्यायाधिवक्ता खातीले हस्तक्षेप गरेको आयोगको निष्कर्ष


4.082k
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

बाजुराको मतदानमा भएको घटनाकाे विषयमा छानविन गर्न निर्वाचन आयोगले गठन गरेको समितिले दिएको प्रतिवेदनले महान्यायाधिवक्ता खातीलाई दोषी देखाएको हो । निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोनगरि दवाब दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख गरिएकाे छ ।

आफ्नो पदीय दायित्व भन्दा बाहिर गई महान्यायाधिवक्ता खातीले बाजुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृतलाई बारम्बार फोन सम्पर्क गरी अनावश्यक दवाब दिएको प्रतिवेदनमा भनिएको छ । निर्वाचनको काममा हस्तक्षेप गर्ने महान्यायाधिवक्तासँग स्पष्टीकरण माग गर्न उपयुक्त हुने सुझाव छानविन समितिले दिएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहकाे चुनावको क्रममा बाजुराको बुढीगंगा नगरपालिकाको १० मध्ये ६ वटा वडाको मतदानमा बूथ कब्जा भएको थियो ।

सोही कारण निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको मतदानलाई बदर गर्दै पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।