
काठमाडौं । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा मंगलबार राति बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले पैदलयात्री अन्दाजी ३० वर्षीय युवकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्