
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम माथि आज बुधबार छलफल हुने भएको छ ।
नीति तथा कार्यक्रम माथिको छलफलका लागि बुधबार दिउँसो २ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।
बैठकमा सांसदहरूले दलगत रूपमा सरकारको नीति तथा कार्यक्रम माथि आ–आफ्नो धारणा राख्नेछन् ।
सोमबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्