
काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको गए राति निधन भएको छ । ५३ वर्षिय कुन्नथको कोलकातामा स्टेज शो गर्दागर्दै हृदयघात भएर निधन भएको हो ।
कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगत्रै उनलाई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयघातका कारण निधन भएको जानकारी दिनुभएको थियो ।
केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गर्नूभएको हो ।
उहाँले ट्वीट गर्दै लेख्नु भएको छ , केके भनेर चिनिने चर्चित गायक कृष्णकुमार कुननाथको असामयिक निधनले दुःखित भएको छ । उहाँका गीतहरूले सबै उमेर समूहका मानिसहरूसँग जोडिएको भावनाको एक विस्तृत श्रृंखलालाई प्रतिबिम्बित गर्दछ । उहाँका गीतहरूबाट उहाँलाई हामी सधैं सम्झिरहनेछौं । उहाँका परिवार र फ्यानहरूलाई समवेदना । ओम शान्ति ।
प्रतिक्रिया दिनुहोस्