
काठमाडौं । झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।
विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानकाे टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको विमानमा ६९ जना यात्रु सवार थिए ।
विमानलाई सकुशल अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्