
काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लगाउदै आएको पूर्वाधार कर हटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।
पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रूपैयाँ पूर्वाधार कर हटाउन अर्थले उद्योग मन्त्रालयलाई निर्देशन दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको हो । नेपाल आयल निगमले पेश गरेको पछिल्लो विवरणअनुसार भारतबाट पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय १७ रूपैयाँ १८ पैसा रहेकामा सवारी भन्सार करका रूपमा २५ रूपैयाँ २३ पैसा लिने गरिएको छ ।
त्यस्तै, सडक मर्मतसम्भार शुल्क चार रुपैयाँ, प्रदूषण कर एक रूपैयाँ ५० पैसा, पूर्वाधार कर १० रूपैयाँ, मूल्यअभिवृद्धि कर २० रूपैयाँ ७१ पैसा तथा मूल्य स्थिरिकरण शुल्क एक रूपैयाँ ८० पैसा गरी ६३ रूपैयाँ २३ पैसा कर मात्रै सरकारले उठाइरहेको छ ।अर्थले उद्योग मन्त्रालयलाई दिएको निर्देशन मुताबिक १० रूपैयाँ घट्नुपर्ने भए पनि निगमले भने निर्णय गरिसकेको छैन ।
पेट्रोलियम पदार्थको पूर्वाधार कर घटाउन सरकारले आफू मातहतका भन्सार कार्यालयहरूलाई नै निर्देशन दिनुपर्ने नेपाल आयल निगमका प्रवक्ता बिनितमणि उपाध्यायको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्