२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको छ : गगन थापा


130
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताउनुभएको हो ।

उहाँले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ । उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्यपनि स्पष्ट लिएको छ । यसको लागि प्राथमिकतामा कृषि नै रहनुपथ्र्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरु छनौट भएको छ । मुलत् : व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ ।’

सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनुभयो । बजेटले पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उहाँले बताउनुभयो ।

उहाँले बजेटले समयको मागलाई सम्बोधन गरेको बताउनुभयो ।