
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आज (शुक्रबार) निर्देशन दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । स्थानीय तहको चुनावमा अपेक्षा अनुरुपको परिणाम नआएको गुनासो पनि उहाँले गर्नुभयो । दुई दिने अभिमुखीकरणमा सहभागीहुन काठमाडौंमा आएका पालिका प्रमुख र उपप्रमुखहरू शुक्रबार अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा पुगेका थिए ।
कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै उहाँले आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनाबद्ध रुपमा लाग्न समेत निर्देशन दिनुभएको हाे ।
प्रतिनिधिहरूले आजै माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्