१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डिजिटल भुक्तानीमा सरकारको उच्च प्राथमिकता : मन्त्री कार्की


208
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

ब्राण्डवर्थ प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताउनुभयो ।

जारी कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समट्ने प्रतिबद्धता जनाउँदै मन्त्री कार्कीले कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा सघाउ पुग्ने बताउनुभयो ।

सूचना प्रविधिको विकास विना मुलुकको विकाससमेत असम्भव भएको जनाउँदै मन्त्री कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनुभयो ।

सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्‍याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको उहाँको भनाइ थियो ।

इन्टरनेट सेवालाई अझ सस्तो, गुणस्तरीय बनाउन सरकार सकारात्मक रहेको मन्त्री कार्कीले बताउनुभयो ।