१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पुरानो विमानका कारण विमान दुर्घटना हुन सक्दैन : रामेश्वर थापा


884
Shares

काठमाडौं । वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापा पुरानो विमानका कारण दुर्घटना हुन नसक्ने जिकिर गर्नुभएको छ ।
थापाले पुरानो विमानका कारण दुर्घटना नहुने भन्दै उड्ने समय सकिएपछि चल्दै नचल्ने अवस्थामा पुग्ने बताउनुभयो ।

तारा एयरको विमान दुर्घटनालाई लिएर विज्ञहरूले विभिन्न तर्कहरु अघि सारिरहेको बेला थापाले पुरानो विमान भएकैले दुर्घटना भयो भन्न नमिल्ने तर्क गर्नुभयो । पाइलटको सेफ्टीमा कहिल्यै पनि कसैले जोखिम नमोल्ने उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व अध्यक्ष राजकुमार क्षेत्री नेपालमा पछिल्लो तथ्याङ्क हेर्दा विमान दुर्घटना कम हुँदै गएको बताउनुहुन्छ ।

नेपालको मौसमको भर नहुने भएकोले मौसमलाई ध्यान दिएर मात्रै उडान भर्नुपर्ने उहाँको भनाइ छ ।

पूर्व अध्यक्ष क्षेत्रीले हेलिकोप्टरमा दुईजना पाइलट राख्ने निर्णय सबैको लागि ठिक नभए पनि केही स्थान, परिवेश र हेलिकोप्टरका लागि उचित रहेको टिप्पणी गर्नुभयो ।