८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नगर विकासका लागि अन्तरक्रिया


1.053k
Shares

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिकाको विकासको विषयमा अन्तरक्रिया गरिएको छ ।

नगरका हालै निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलहरू, व्यापारी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका अधिकांश वक्ताले नगरको खानेपानी, अव्यवस्थित सडक र आँधीखोला हाइड्यामको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले अन्तरक्रियाबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै विकासका लागि आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । कुनै पनि राजनीतिक दलप्रति आग्रह÷पूर्वाग्रह नराखी नगरको विकासका लागि काम गर्ने उहाँको भनाइ छ ।

नगरपालिकामा आउने सेवाग्राहीलाई छिटोछरितो सेवा दिन आफू र नगरका कर्मचारीको टिम लाग्ने भट्टराईले बताउनुभयो ।