३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


पाँचथर जिससमा गठबन्धनका सबै उम्मेदवार निर्विरोध


299
Shares

पाँचथर । पाँचथर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जेठ २० गते उम्मेदवारी दर्ताका लागि मिति निर्धारण गरेकामा अरु दलले उम्मेदवारी नै दर्ता नगरेपछि नौवटा पदमा उम्मेदवारी दर्ता गर्ने गठबन्धनका सबै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएका हुन् ।

जिससमा आवश्यक ९ जनाको मात्र उम्मेदवारी दर्ता भए पछि पुरै टिम निर्विरोध निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजन सुबेदीले जानकारी दिनुभयो ।

जिसस पाँचथरको प्रमुखमा नेपाली कांग्रेसका रामराज आङदेम्बे र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का यामकुमार आङवो निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा कांग्रेसबाट डीलेन्द्रकुमार शेर्मा, टेकराज योङहाङ र हिमवती जवेगुको उम्मेदवारी दर्ता हुदाँ माओवादी केन्द्रको तर्फबाट रिना गुरुङ, मणिकुमार थाम्सुहाङ र अमृत राई तथा नेकपा एकीकृत समाजवादीको तर्फबाट लेन्जु थाम्सुहाङ निर्वाचित भएका छन् ।

जिससका लागि कांग्रेससंग ७ मतभार, माओवादी केन्द्रसँग ६ मतभार र नेकपा एमालेसँग ३ मतभार रहेको छ । जिससमा निर्वाचित हुनको लागि ८ मत भार चाहिन्छ । कांग्रेस र माओवादी मिल्दा १३ मत पुग्छ ।