२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


चुरेमा पाइने बाबियोलाई कागज बनाउन प्रयोग गरौं : मुख्यमन्त्री पोखरेल


0
Shares

कपिलवस्तु, असार २ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले चुरे क्षेत्रलाई हरियाली र जलाधारको क्षेत्र बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रपति तराई–मधेस संरक्षण विकास समितिले शनिबार कपिलवस्तुमा आयोजना गरेको चुरे दिवस कार्यक्रममा मुख्यमन्त्री पोखरेलले चुरेको संरक्षणसँग जनताको जीवन जोडिएको बताए ।

अरु प्रदेशको तुलनामा ५ नम्बर प्रदेशमा चुरेको भू–भाग बढी रहेकाले यसको संरक्षणमा स्थानीय जनताको साथ रहनुपर्नेमा उनले जोड दिए ।

चुरे क्षेत्रमा डढेलोको मुख्य कारण बाबियो भएको भन्दै मुख्यमन्त्री पोखरेलले बाबियोलाई कागज बनाउन उपयोग गरी हरियाली वातावरण कायम राख्नुपर्ने बताए ।