
काठमाडौं । एसईई परीक्षा दिएर बसेका ज्यापु समुदायका विद्यार्थी र उनीहरुका अभिभावकलाई शैक्षिक र अभिभावकत्व परामर्श दिइएको छ।
शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिले काठमाडौंमा विद्यार्थीको साथमा अभिभावकलाई शैक्षिक तथा कुशल अभिभावकत्वकाे विषयमा परामर्श दिएको हो। एसईई पछि विद्यार्थीलाई अभिभावकको मार्ग निर्देशन र सरसल्लाह महत्व धेरै हुने भएकोले अभिभावककाे लागि समेत परामर्श कार्यक्रम गरेको कार्यक्रम संयोजक दिनेश महर्जनले बताउनुभयो।
साेही कार्यक्रममा शैक्षिक परामर्शदाताद्वय इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र अभिभावकलाई परामर्श दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्