१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप १६ जनामा कोरोना संक्रमण पुष्टि


195
Shares

काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ८४ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमित संक्रमणमुक्त हुँदा कसैको पनि मृत्यु भएको छैन ।

देशभर १ सय १० जना सक्रिय संक्रमित रहँदा १ लाख ८४ हजार ५ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

लक्षित जनसंख्याको ९६.२ प्रतिशत मानिसले एक मात्रा खोप लगाइसके भने पूर्ण खोप लगाउने ८५.४ प्रतिशत छन् ।