२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठक बस्दै


143
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आइतबार बस्दैछ ।

स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफलका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्न लागेको हो ।

पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको थियो ।